Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनालाई जितेर फर्किए थप ४ संक्रमित

निशा हुमाँगाई

विहीबार, १५ जेठ २०७७, १४ : २७ मा प्रकाशित

कोरोनालाई जितेर फर्किए थप ४ संक्रमित

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना भाइरसबाट संक्रमित थप ४ जना निको भएर घर फर्किएका छन् । प्रदेश नं १ का थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका हुन् ।

कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका तीन महिलासहित चारजना बुधबार साँझ निको भई घर फर्केको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् ।

यसरी निको भई घर फर्केनेमा ५८ वर्षीय मोहम्मद अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीया माधो खातुन र ६५ वर्षीया सविरण खातुन रहेका छन् । घर फर्केका मो अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य दुईजना वैशाख २७ गते केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाइएको उनले बताए । प्रदेशमा निको हुनेको सङ्ख्या ३० पुगेको छ । केन्द्रमा अहिले ३१ जना सङ्क्रमितको उपचार भइरहेको जनाइएको छ । - रासस

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको