Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

निशा हुमाँगाई

शुक्रबार, १६ जेठ २०७७, १६ : ३९ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसकाे संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको जानकारी दिएका हुन् । भूमिकास्थान नगरपालिका अर्घाखाँची जिल्ला घर भएका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बिहीबार मृत्यु भएको उनले बताए ।

यसअघि पनि नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भइसकेकाे छ । सिन्धुपाल्चोक, गुल्मी, बारा, बाँके र ललितपुरका १–१ जना गरी ५ जनाको मृत्यु भएकाे हाे । हालसम्म नेपालमा संक्रमितकाे संख्या १२१२ रहेकाे छ भने २०६ जना निकाे भएर घर फर्किएका छन्  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको