Like us!
Follow us!
Connect us!
Watch us!

फेरि पनि क्वारेन्टाइनमा बसेका एक व्यक्तिकाे मृत्यु

निशा हुमाँगाई

शनिबार, १७ जेठ २०७७, १४ : ०२ मा प्रकाशित

फेरि पनि  क्वारेन्टाइनमा बसेका एक व्यक्तिकाे मृत्यु

अर्थ संसार काठमाडाैं -  दैलेखमा भारतबाट फर्किएका एक व्यक्तिकाे मृत्यु भएको छ । दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएकाे हाे । 

१० दिन अघि भारतको गुजरातबाट आएर उनी दुल्लु नगरपालिका-७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए ।  

उनको स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन् । आज (शनिबार) साँँझसम्म उनकाे रिपाेर्ट आउने पनि उनले बताए ।

त्यसैगरी, भारतबाट आएका कारण उनीसहित ७९ जनाको टोलीलाई नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताएका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको