Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनमा पनि सिटिजन लाइफद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

निशा हुमाँगाई

सोमबार, १९ जेठ २०७७, १३ : ३६ मा प्रकाशित

लकडाउनमा पनि सिटिजन लाइफद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

अर्थ संसार, काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले बीमा दावी वापत ४ लाख १५ हजार २ सय रूपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीले प्रदेश न ७, कंचनपुर, बेदकोट न. पा. वडा न. ३ निवासी बीमित स्व. मोहन चौधरीकी धर्मपत्नी सरिता चौधरीलाई सो रकम लकडाउनका कारण कुनैपनी दाबी भुक्तानी कार्यक्रमको आयोजना गर्न नमिल्ने हुनाले इ–बैंकिङ सेवा प्रयोग गरी सिधै निजको बैंक खातामा जम्मा गरेको छ ।

बीमितले २२ महिना अगाडी मात्र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा २ लाख रूपैयाँको बीमा गरेका थिए भने बीमितले अहिलेसम्म जम्मा २ किस्ता गरी ३२ हजार ४ सय ९० रूपैयाँ बराबरकाे रकम कम्पनीलाई बुझाएका थिए । बीमितको मोटरसाईकल दुर्घटनाका कारण २०७७ साल, जेष्ठ ५ गते निधन भएको थियो । श्रोत अनुसार बीमितको परिवारमा उनको श्रीमती र दुइ नाबालक छोराहरू छन् ।

कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरूको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य सामाजिक कार्य गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उल्लेख गरेका छन् ।

त्यस्तै, उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनुपर्नेमा जोड दिएका छन् । उनले कम्पनीमा रहेका बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालाहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिवद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताएका छन् । साथ साथै कोरोना भाइरसले गर्दा निम्तिएको यस बिषम पेरिस्थितीमा सबैलाई सावधान र सुरक्षित रहन सुझाव दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको