Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनालाई जितेर घर फर्किनेको संख्या बढ्दै : फर्किए थप २५ संक्रमित

निशा हुमाँगाई

सोमबार, १९ जेठ २०७७, १५ : ११ मा प्रकाशित

कोरोनालाई जितेर घर फर्किनेको संख्या बढ्दै : फर्किए थप २५ संक्रमित

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना भाइरसबाट संक्रमित थप २५ जना निको भएर घर फर्किएका छन् । रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका २५ जना संक्रमित आज घर फिर्ता भएका हुन् ।

अस्पतालको सूचना शाखाले दिएकाे जानकारी अनुसार डिस्चार्ज हुनेमा चार वर्षीया बालिकादेखि ५० वर्ष सम्मका उमेर समुहका संक्रमित रहेका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका उनीहरूकाे रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हाे ।

निकाे भएर घर फिर्ता हुनेमध्ये नवलपरासीका तीन जना, भारतिय एक जना र रुपन्देहीका २१ जना रहेको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको