Like us!
Follow us!
Connect us!
Watch us!

भारत चीनभन्दा पनि अगाडि, संक्रमितको संख्या झन्डै २ लाख पुग्याे

निशा हुमाँगाई

सोमबार, १९ जेठ २०७७, १४ : ४९ मा प्रकाशित

भारत चीनभन्दा पनि अगाडि, संक्रमितको संख्या झन्डै २ लाख पुग्याे

अर्थ संसार, काठमाडौं – भारतमा आइतबार पनि एकै दिनमा ८ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ९० हजार ५३५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

सोमबार बिहान जारी तथ्याङ्क अनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ५ हजार ३९४ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ९१ हजार ८१९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ९३ हजार ३२२ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ६७ हजार ६५५ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ २२ हजार ३३३ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । दिल्लीमा १९ हजार ८४४ जना कोरोना संक्रमित रहेका छन् ।

त्यस्तै, भारतमा दुई महिना भन्दा बढी समयदेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । – (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको