Like us!
Follow us!
Connect us!
Watch us!

३ लघुवित्तको आईपीओ आउँदै, हेर्नुस् कुन कम्पनीको कति कित्ता ?

निशा हुमाँगाई

मंगलबार, २० जेठ २०७७, ११ : १६ मा प्रकाशित

३ लघुवित्तको आईपीओ आउँदै, हेर्नुस् कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार, काठमाडौं – तीन वटा लघुवित्तले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । 

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गरी कूल ५५ लाख ४८ हजार ८०० कित्ता कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएका हुन् ।

एनआईसी एशिया लघुवित्तले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्दैछ । उक्त आईपीओ निष्कासनको लागि कम्पनीले चैत ४ गते स्वीकृती पाएको थियो । काेराेना भाइरस राेकथामका लागि जारी गरिएकाे लकडाउनका कारण आईपीओ निष्कासनमा ढिला भएको हो ।

यसैगरी, समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ हजार कित्ता आईपीओ निष्कासन गर्दैछ । उक्त आईपीओ निष्कासनको लागि कम्पनीले गत फागुन १६ गते सेबोनमा निवेदन दिएको थियो ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्दैछ । उक्त आईपीओ निष्कासनको लागि कम्पनीले गत फागुन २७ गते सेबोनमा निवेदन दिएको थियो ।

त्यस्तै, एनआईसी एशिया लघुवित्तले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न स्वीकृति पाइसकेको छ । समाज लघुवित्त र साधना लघुवित्तले भने निवेदन पेश गरेका छन् । 

एनआईसी एशिया लघुवित्तकाे निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड, साधना लघुवित्तकाे निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लाेबल आईएमई क्यापिटल लिमिटेड र समाज लघुवित्तकाे निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्दार्थ क्यापिटल लिमिटेड रहेकाे छ ।

5ed5e8f814afe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको