Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंक र गण्डकी विकास बैंकको विशेष साधारण सभा आज हुँदै

निशा हुमाँगाई

बुधबार, २१ जेठ २०७७, ०८ : ३३ मा प्रकाशित

मेगा बैंक र गण्डकी विकास बैंकको विशेष साधारण सभा आज हुँदै

अर्थ संसार, काठमाडौं - मेगा बैंक नेपाल लिमिटेड र गण्डकी विकास बैंक लिमिटेडकाे विशेष साधारण सभा आज (बुधबार) हुँदैछ ।

मेगा बैंककाे जेठ १ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा आज (बुधबार) मेगा बैंककाे केन्द्रिय कार्यालयकाे प्राङ्गण, कमलादी, काठमाडाैंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

मेगा बैंकले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ती गर्दैछ । बैंकले सभामा गण्डकी विकास बैंकलाई आफुमा गाभ्ने सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने भएको छ । 

त्यसैगरी, गण्डकी विकास बैंककाे हिजाे जेठ १ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा आज (बुधबार) बैंककाे केन्द्रिय कार्यालयकाे प्राङ्गण, चिप्लेढुङ्गा, पोखरामा बिहान ११ बजेबाट सुरू हुनेछ ।

बैंकले सभामा मेगा बैंकसँग विलय हुन स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव लैजाँदै छ । यस्तै, बैंकले एक बराबर एक शेयर अनुपातमा मेगा बैंकसँग विलय हुन साधारण सभाबाट स्वीकृति प्रदान गर्ने भएको हाे ।

मर्जर तथा प्राप्ति सम्झौता अनुसार दुवै बैंकले १ बराबर १ शेयर अनुपातमा हुने मर्जर प्राप्तीलाई विशेष साधारण सभा मार्फत अन्तिम रुप दिन लागेका हुन् । हाल मेगा बैंकको चुक्ता पूँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रूपैयाँ छ भने गण्डकी विकास बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड रूपैयाँ रहेको छ । दुबै बैंक एक भएपश्चात चुक्ता पूँजी १३ अर्ब १३ करोड ८६ लाख २१ हजार रूपैयाँ पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको