Like us!
Follow us!
Connect us!
Watch us!

'अबको लकडाउन अर्थहिन'

बुधबार, २१ जेठ २०७७, ०८ : ५५ मा प्रकाशित

'अबको लकडाउन अर्थहिन'

आजबाट लकडाउन पुरै खारेज गरौं । लकडाउनले मानिसको जीवन मात्र तहसनहस बनाउने हो कोरोना भाइरस होइन । यो कुरा लकडाउन लगाएका देशहरुले प्रमाणित गरिसकेका छन् । लकडाउन र सामाजिक दुरी निकै भिन्न चिज हुन ।

हामीले सामाजिक दुरी कायम राखेर अघि बढ्नुको विकल्प छैन । बिश्व स्वास्थ्य संगठनको लहैलहैमा नलाग्न नेपाल सरकारलाई अनुरोध गर्न चाहन्चु । किनकी डब्लुएचओको कामकारबाहीमा छानबिन शुरु भइसकेको छ ।

बेलायतका बजार खुलिसके । जर्मनीका स्कुल चले । भारतले आन्तरिक उडान शुरु गर्‍यो । चीन खुल्ला छ । अमेरिका खुल्ला छ ( रंगभेदी आन्दोलन बाहेक ) । युरोप खुल्न थाल्यो । अफ्रिका एशियाका सबै देश खुले । यसको मतलब बिश्व परिबर्तित शैलीवाट खुलिसकेको छ ।

कोरोना भाइरस संसारबाट कहिल्यै नष्ट नहुने प्रमाणित भएको छ । के अब सधैं लकडाउन लगाइ राख्ने हो र ? जन्म मृत्यु चलिरहने प्रक्रिया हुन । कोरोनाले मृत्यु रोक्न लकडाउन लगाएर अर्को कारणले मृत्यु निम्त्याउने ?

के कोरोनाको मृत्यु मात्र मृत्यु हो, अरु कारणबाट मृत्यु भएको मृत्यु होइन ? लकडाउन अबधीमा अन्य रोग लागेर , उपचार नपाएर , खाना नपाएर हजारौ मरिसकेका छन् । के अब कुन मृत्यु ठुलो हो कुन मृत्यु सानो हो बहस गर्ने ? लकडाउनले कोरोनाबाट बचाएको शतप्रतिशत गलत हो ।

यो भ्रमबाट मुक्त हुन लकडाउन लगाएका मुलुकको पश्चातापको बारेमा अध्ययन गर्दा प्रमाणित हुन्छ ।
हामी जनता पनि यति कोरोना सक्रंमित भेटिए उति भेटिए भनेर लेख्ने प्रचार गर्ने काम बन्द गरौं । यस्ले समाजलाइ भय मात्र बढाएको छ ।

यो काम डब्लूएचओ र स्वास्थ्य मन्त्रालयको मात्र हो । मरेर जाने त गए बाचिरहेकालाइ जिउँदै मार्ने संस्कारको अन्त्य गरौं । कोरोनाबाट जोगिने मात्र हो । सामाजिक दुरी र जिवनयापनमा ध्यान दिने हो । लकडाउन लगाउनु भनेको सबैलाई मर्न तयार गर्न लगाउनु जस्तै हो

स्मरणहोस , लकडाउन र सामाजिक दुरी निकै भिन्न बिषय हुन। लकडाउन सबैभन्दा आत्मघाती कदम हो । सामाजिक दुरीलाइ ( SMD ) लाई ब्यबस्थित गर्दै आजबाट लकडाउन पुरै खारेज गरौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको