Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनको असर पुँजी बजारमा

शुक्रबार, २३ जेठ २०७७, ०६ : २२ मा प्रकाशित

लकडाउनको असर पुँजी बजारमा

​नरेन्द्रमान श्रेष्ठ

विश्वमा नै माहमारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुटो रहन सकेन । नेपालमा पनि कोरोनाको कारणले लकडाउन गर्न पर्यो । नेपालमा पनि थुप्रै कोरोना संक्रमितहरु देखा परेका छन ।

यसकारणले पनि लकडाउन थपिएको थपिए छ । लकडाउनको कारणले देश नै ठप्प छ आर्थिक गतिबिधि ठप्प छ । यसले देशको अर्थतन्त्रमा नकारात्मक असर त पर्ने नै छ  । यसले शेयरबजारमा पनि असर गरेको छ । लकडाउन अबधि भर शेयरबजार बन्द ।

लकडाउन हुन भन्दा पहिले नै निष्काशन भएको  नेपाल पुनर्बिमा कम्पनीको आ इ पि ओ लकडाउनको समयमा नै बाँडफाँड भइ, शेयर सूचीकृत लगानीकर्ताहरुको डिम्याट खाताहरुमा आइसकेको र  बजार खुले पछि कारोबार गर्न सकिने लकडाउनको उपलब्धिको रुपमा लिनु पर्ने हुन्छ । 

लकडाउनको कारणले लगानीकर्ता बीच विवाद भए भने लगानीकर्ताहरु  नियामक निकायहरु बीच पनि बिवाद सिर्जना भए । एक थरि लगानीकर्ताहरु लकडाउनमा पनि शेयरबजार खोल्न पर्छ भन्ने र अर्का थरि लगानीकर्ताहरु लकडाउनमा शेयरबजार खोल्न नहुने भन्ने । यसकारणले लगानीकर्ताहरु बीच पनि विवादहरु भए गरे ।

त्यसो त लकडाउनले थुप्रै कम्पनीहरुको वार्षिक साधारण सभाहरु पनि स्थगित भए गरे भने केहि कम्पनीहरुले निष्काशन गरेको हकप्रद शेयरहरुमा पनि यसले असर गरे भने धितोपत्र बोर्डबाट  आइ.पि.ओ निष्काशनको लागि स्वीकृति पाई सकेका कम्पनीहरुले आफ्नो आइ पि ओ (साधारण सेयर )हरु निष्काशन गर्न सकिरहेका छैनन ।
 
लकडाउन हुन भन्दा पहिले नै निष्काशन भएको  नेपाल पुनर्बिमा कम्पनीको आ इ पि ओ लकडाउनको समयमा नै बाँडफाँड भयो भने लकडाउनको समयमा नै शेयर सूचीकृत भए भने लगानीकर्ताहरुको डिम्याट खाताहरुमा आइसकेको पनि बताउछन । अब लकडाउन खुलेपछि बजार खुले पछि कारोबार गर्न सकिने भएको छ ।  यसलाई  लकडाउनको उपलब्धिको रुपमा लिनु पर्ने हुन्छ ।
 

लकडाउनको समयमा विशेष साधारण सभा आवहान गरेकोमा अधिकाश लगानीकर्ताहरुले असन्तुष्टी जाहेर गरेका छन ।शेयरधनीहरु नै उपस्थित हुन नसकिने अबस्थामा साधारण सभा गर्न को औचित्य छैन भन्ने शेयरधनीहरुको भनाई रहेको छ । 


लकडाउनले थुप्रै कम्पनीहरुको वार्षिक साधारण सभाहरु हुन सकिरहेका छैनन । लकडाउन हुन भन्दा पहिले नै वार्षिक साधारण सभा गर्ने भनेर घोषणा गरिसकेका र मिति समेत तोकि सकेका कम्पनीहरुले पनि सभा गर्न पाइएन । लकडाउन हुन भन्दा पहिले पनि २५ जना मानिसहरु एकै ठाउँमा भेला हुन नपाउने नियमले मिति समेत तय भइ सकेका कम्पनीहरु न्यादी हाइडोपावर कम्पनी, अपि पावर कम्पनी ,सिटिजन्स बैंक ,सहयोगी विकास बैंक, सेन्चुरी बैंकको साधारण सभाहरु स्थगन भएको थियो ।

त्यस्तै लकडाउन खुल्छ कि भनेर आफ्नो साधारण सभाहरुको घोषणा गर्ने मिर्मिरे लघुबित्त र स्वडा लघु बित्तले बैशाख १७ गते साधारण सभा डाकेको थियो तर लकडाउनको समय थपेको कारणले सभा हुन सकेन त्यसैगरि बैशाख २९ गते साधारण सभा डाकेको हिमालय जनरल इन्स्योरेन्सको साधारण सभा पनि हुन सकेन ।
 

त्यसोत कुमारी बैंकले विशेष साधारण सभा गरेर देव विकास बैंक संगको मर्जरको प्रस्ताव पारित गरिसकेको छ तर बिना शेयरधनीहरुको उपस्थित लकडाउनमा गरेको साधारण सभाहरु विशेष साधारण सभाहरु मान्य नहुने लगानीकर्ताहरुको भनाइ रहेका छन भने कतिपय लगानिकर्ताहरुले त यो कम्पनीहरुको डाडागिरि हो भनेर आक्रोश समेत पाखेका छन । 

त्यसैगरि बैशाख २३ गते साधारण सभा डाकेका नेको इन्स्योरेन्सको साधारण सभा पनि हुन सकेन त्यसैगरी सहयोगी विकास बैंकले जेठ २४ गते र सिटिजन्स बैंकले जेठ २७ गते बिशेष साधारण सभा आब्हान गरेका छन ।

लकडाउनको समयमा विशेष साधारण सभा आवहान गरेकोमा अधिकाश लगानीकर्ताहरुले असन्तुष्टी जाहेर गरेका छन ।शेयरधनीहरु नै उपस्थित हुन नसकिने अबस्थामा साधारण सभा गर्न को औचित्य छैन भन्ने शेयरधनीहरुको भनाइ रहेको छ ।

त्यसोत कुमारी बैंकले विशेष साधारण सभा गरेर देव विकास बैंक संगको मर्जरको प्रस्ताव पारित गरिसकेको छ तर बिना शेयरधनीहरुको उपस्थित लकडाउनमा गरेको साधारण सभाहरु विशेष साधारण सभाहरु मान्य नहुने लगानीकर्ताहरुको भनाइ रहेका छन भने कतिपय लगानिकर्ताहरुले त यो कम्पनीहरुको डाडागिरि हो भनेर आक्रोश समेत पाखेका छन ।

त्यसैगरी सारथी लघु बित्त बित्तिय सस्थाले भने असार ५ गते होटेल फुडल्याण्ड बसुन्धरामा साधारण सभा आवहान गरेको छ । अहिले आर्थिक बर्ष २०७६/०७७ को वार्षिक साधारण सभाहरु गर्ने समय नजिकदै आइरहेता पनि कतिपय हाइड्रो  कम्पनीहरु र बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक साधारण सभाहरु नै गर्न सकिरहेका छैनन । 

लकडाउनले विभिन्न कम्पनीहरुको हकप्रद शेयर निष्काशनमा पनि असर गरेका छन । लकडाउन भन्दा पहिले नै हकप्रद शेयर निष्काशन गर्ने गरेका केहि कम्पनीहरु गुराँश लाइफ इन्स्योरेन्स कम्पनी र एन एल जि कम्पनिको हकप्रद शेयर निष्काशनमा असर पारे ।

त्यसैगरि लकडाउन भन्दा पहिले धितोपत्र बोर्डले आइ पि ओ शेयरको निष्काशनको स्वीकृति पाइसकेका एन आइ सि एशिया लघुबित्त वित्तिय सस्था, एन आर एन इन्फ्रास्टक्चर डेभलभमे्ण्ट कम्पनी , युनाइटेड इडिमर्जि एण्ड आर बि हाइडो पावर कम्पनी , लिबर्टि इनर्जी कम्पनीको आइ पि ओ निष्काशनमा लकडाउने असर पारेका छन भने आइ पि ओ निष्काशनको प्रकृयामा रहेका थुप्रै बीमा कम्पनीहरुको शेयर निष्काशनमा पनि लकडाउनले प्रभाव पारेको छ ।

त्यसोत अधिकाश लगानी कर्ताहरुको चासो भने लकडाउन सकिए पछि खुल्ने शेयरबजार कता जान्छ नेप्से घट्छ कि बढ्छ भन्नेमा रहेको छ भन्दा पनि फरक नपर्ला  ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको