Like us!
Follow us!
Connect us!
Watch us!

डाक्टरसहित १६ जना कोरोनामुक्त

निशा पाण्डे

मंगलबार, ०२ असार २०७७, १५ : ०० मा प्रकाशित

डाक्टरसहित १६ जना कोरोनामुक्त

अर्थ संसार, काठमाडौं -चितवनको नारायणी सामुदायिक अस्पतालका एक चिकित्सक कोरोनामुक्त बनेका छन् । गत २६ जेठमा गरिएको परीक्षणमा अस्पतालका फिजिसियनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको सोमवार गरिएको स्वाब परीक्षणमा नेगेटिभ आएपछि उनी कोरोना संक्रमणमुक्त भएका हुन्।उनीसहित नारायणी सामुदायिक अस्पतालबाट स्वाब संकलन गरिएका १६ जना सबैको कोरोना संक्रमण नेगेटिभ आएको हो। उनलाई आज मंगलवार नै डिस्चार्ज गरी १४ दिन होम क्वारेन्टाइनमा पठाइने अस्पतालका एक चिकित्सकले जानकारी दिए।

चिकित्सकले हेरेका झण्डै एक सय जना विरामीको कन्ट्याक्ट टे«सिङ गरिएको छ। उनीहरूमध्ये चिकित्सकले इन्डोर हेरेका बिरामीहरू सबैको स्वाब परीक्षण गरिएको र उनीहरूमा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय भरतपुरका प्रमुख दीपकबाबु तिवारीले जानकारी दिए ।ओपीडीमा हेरेका बिरामीको भने परीक्षण गरिएको छैन।

‘लामो समयसम्म डाक्टरको सम्पर्कमा रहेका र हेरेका बिरामीलाई नै नेगेटिभ आएपछि ओपीडीमा हेरेका बिरामीलाई तत्काल आवश्यक परेन, लक्षण देखिएमा आउन भनेका छौं, उहाँहरु होम क्वारेन्टाइनमा हुनुहुन्छ,’ कार्यालय प्रमुख तिवारीले भने । चिकित्सकले हेरेका बिरामीमध्ये आधाजसो नवलपरासीका छन्।

नारायणी सामुदायिक अस्पतालका निर्देशक विष्णु कुँवरले अस्पतालको आईसीयूसहित क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गरिएको र कसैमा पनि संक्रमण नभेटिएको बताए । ‘अहिले अस्पतालमा कोही पनि संक्रमित भेटिएको छैन, झण्डै ७० जनाको परीक्षण गराएका छौं, अहिलेलाई सुरक्षित भएको महसुस भएको छ, सबै सेवा सुचारु छ,’ अस्पताल निर्देशक कुँवरले बताए । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको