Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको स्थगित हकप्रद पुन खुल्दै, कहिलेबाट दिने आवेदन ?

निशा हुमाँगाई

आइतबार, ०७ असार २०७७, १० : ११ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको स्थगित हकप्रद पुन खुल्दै, कहिलेबाट दिने आवेदन ?

अर्थ संसार, काठमाडौं – काेराेना भाइरसका कारण स्थगित भएकाे एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे हकप्रद शेयर पुन निष्काशन गरिने भएकाे छ । 

कम्पनीले गत फागुन २२ गतेदेखि चैत्र २७ गतेसम्म ६० प्रतिशत अर्थात १०:६ काे अनुपातमा ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे । तर काराेना भाइरसकाे जाेखिम न्यूनीकरण गर्न जारी गरिएकाे लकडाउनका कारण बीचैमा अर्थात चैत्र ११ गतेदेखि नै स्थगित भएको थियो ।

उक्त हकप्रद शेयर अब असार ९ गते मंगलबारबाट पुनः बिक्री खुला हुनेछ । साे हकप्रद शेयरमा लगानीकर्ताले १० बराबर ६ (१०:६) को अनुपातमा असार ९ गते मंगलबारदेखि असार २५ गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयाेजनका लागि माघ २७ गते, साेमबार एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे थियाे । तसर्थ, माघ २६ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीकाे हकप्रद बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर, एनएलजी इन्स्योरेन्सका शाखा कार्यालय, लक्ष्मी बैंकका विभिन्न शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत हकप्रद शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ ः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको