Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्य प्रतिताेला १ लाखकाे बाटाेमा

निशा हुमाँगाई

आइतबार, ०७ असार २०७७, ११ : १४ मा प्रकाशित

सुनकाे मूल्य प्रतिताेला १ लाखकाे बाटाेमा

अर्थ संसार, काठमाडौं – दिनानुदिन बढिरहेकाे सुनकाे मूल्य प्रतिताेला एक लाखकाे बाटाेमा लम्किरहेकाे छ भन्दा खासै फरक नपर्ने भएकाे छ । काेराेना भाइरसकाे प्रभावले गर्दा हाल नेपाली बजारमा सुनकाे मूल्यले दिनहुँ नयाँ इतिहास बनाएर रेकर्ड ब्रेक गरिरहेकाे छ ।

आइतबार सुन ताेलामा सात सय रूपैयाँले बढेर प्रतिताेला ९० हजार ६ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार तेजाबी सुनकाे मूल्य प्रतितोला ९० हजार १ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, आइतबार चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले बढेर प्रतिताेला ९ सय ४० रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको