Web Analytics Made Easy - StatCounter
बुधबार, २४ असार २०७७
राष्ट्र बैंकले ट्रेजरी बिल जारी  गर्दै, आजै बोलकबोल
सोमबार, १५ असार २०७७

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । 

केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी  बिल जारी गर्न लागेको हो । आज (असार १५ गते, साेमबार) ३ बजे बोलकबाेल भएर भोली (असार १६ गते, मंगलबार) ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ ।  

बैंकले एक सूचनामार्फत ९१ दिनको अवधिका लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ । यो ट्रेजरी २०७७ असाेज १३ गते परिपक्क हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved