Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि घट्यो सुन चाँदीकै भाउ, प्रतिताेला कति ?

निशा हुमाँगाई

शुक्रबार, १९ असार २०७७, ११ : ३१ मा प्रकाशित

आज पनि घट्यो सुन चाँदीकै भाउ, प्रतिताेला कति ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा विगत केही दिनबाट लगातार बढ्दै गइरहेकाे सुनकाे मूल्यले हिजाे (बिहीबार)  र आज (शुक्रबार) भने ओरालाे यात्रा तय गरेकाे छ ।

बिहीबार ताेलाकाे ७ सय रूपैयाँले घटेर प्रतिताेला ९१ हजार रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (शुक्रबार) फेरि ताेलाकाे ५ सय रूपैयाँले घटेर प्रतिताेला ९० हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको भाउ पनि प्रतितोला ९० हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य पनि ताेलाकाे १० रूपैयाँले घटेर प्रतिताेला ९ सय ४० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको