Like us!
Follow us!
Connect us!
Watch us!

भर्न छुट्ला है गुराँस लाइफको हकप्रद, अब केही दिनमात्र बाँकी !! (विवरणसहित)

निशा हुमाँगाई

सोमबार, २२ असार २०७७, १३ : ४७ मा प्रकाशित

भर्न छुट्ला है गुराँस लाइफको हकप्रद, अब केही दिनमात्र बाँकी !! (विवरणसहित)

अर्थ संसार, काठमाडौं – गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले असार १४ गते, आइतबारदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

कम्पनीले आफ्नाे नवाैँ वार्षिक साधारण सभाबाट पारित भएकाे हाल कायम चुक्ता पूँजीकाे १०० प्रतिशत अर्थात १:१ काे अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्कासन गरेकाे हाे ।

काे-कसले भर्न मिल्छ ?

उक्त हकप्रद निष्कासन प्रयाेजनकाे लागि फागुन २२ गते बिहीबार एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गरेको थियो । तसर्थ, फागुन २१ गते बुधबारसम्म कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

असार १४ गते, आइतबारबाट निष्कासन गरिएकाे उक्त हकप्रदमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीकाे शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कहाँबाट भर्ने ?

एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखा, गुडविल फाइनान्सको हात्तिसार डिल्लीबजार, इन्द्रचोक, काठमाडौं र कुमारीपाटी ललितपुर शाखा तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सकिने

हकप्रदकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको