Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सिटिजन्स बैंकको ऋणपत्र सूचिकृत

निशा हुमाँगाई

विहीबार, २५ असार २०७७, १७ : १९ मा प्रकाशित

नेप्सेमा सिटिजन्स बैंकको ऋणपत्र सूचिकृत

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ ।

बैंकले निष्काशन गरेको  २ अर्ब ५० करोड रूपैयाँ बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत गर्ने  सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हाे ।

आज (असार २५ गते, बिहीबार) आयोजित एक विशेष समारोहका बीच उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र सिंह साउदले हस्ताक्षर गरी उक्त “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” सूचिकरण भएको छ । अब उप्रान्त उक्त ऋणपत्र नेप्से मार्फत कारोबार गर्न सकिनेछ । 

२ अर्ब ५० करोड रूपैयाँ बराबरको ( १,००० रूपैयाँ अंकित मूल्यका २५,००,००० कित्ता )  “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” मिति गत फागुन २० गतेदेखि चैत्र ४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सम्पूर्ण ऋणपत्र बिक्री भएको थियो । 

                     

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको