Like us!
Follow us!
Connect us!
Watch us!
संसदमा पाँचौ ठूलो शक्ति बन्यो लोकतान्त्रिक फोरम

उपेन्द्रलाई काउन्टर दिन साना दल मिलाउँदै गच्छदार

बुधबार, २३ चैत्र २०७३, १६ : १२ मा प्रकाशित

उपेन्द्रलाई काउन्टर दिन साना दल मिलाउँदै गच्छदार

अर्थ संसार 
काठमाडौं – आगामी निर्वाचनमा तीन प्रतिशत मत नल्याउने दलले राष्ट्रिय दलको  मान्यता नपाउने भएपछि साना दलहरुलाई तान्ने क्रम सुरु भएको छ । नयाँ शक्तिका सहसंयोजकलाई पार्टीमा भित्र्याएर हौसिएका विजय गच्छदारले केही साना दलसँग आज एकता गरेका छन् ।

मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष रहेका गच्छदारले आज राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक र एशोदा लामा नेतृत्वको दलित जनजाति पार्टी नेपालसँग आज एकता गरेका छन् । एकता कार्यक्रम पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा जारी छ ।

फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकको एकतामा लामा पनि सहभागी भएकी भएपछि एकैदिन दुई पार्टी विलय भएका हुन् । साना पार्टी बनाएर बस्नुभन्दा एकीकृत हुनु राम्रो लागेकाले एकतामा गएको सांसद एशोदा लामाले बताइन् ।

फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले पनि एकता प्रक्रियामा अझै केही दल सामेल हुने जानकारी दिए । उपेन्द्र यादवलाई माउन्टर दिन पनि गच्छदारले साना दललाई आफ्नो पार्टीमा भित्र्याउने अभियान नै चलाएको बताइन्छ ।

सो पार्टीमा थरुहट तराई पार्टी पनि समाहित हुने भएको छ । गोपाल दहित नेतृत्वको थरुहट तराई पार्टीसँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । एकताप्रक्रियापछि गच्छदारको पार्टी संसदमा पाँचौं ठूलो दल हुनेछ । फोरम लोकतान्त्रिकको १४, जनमुक्तिको दुई र दलित जनजातिको एक सांसद गरेर गच्छदारको पार्टीको १७ सांसद हुनेछन् ।

थरुहट तराई पार्टी पनि एकतामा आएपछि सो दलको सांसद संख्या १८ हुनेछ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम छैटौ दलमा रुपमान्तरण हुनेछ । समाजवादी फोरमको संसदमा १५ सिट छ । तराई मधेसमा शक्ति विस्तारको अभियान नै चलीरहेको बेला अन्य मधेसवादी दल समेत एकता प्रक्रियामा सामेल हुने तयारी गरिरहेका छन् । एकतापछि नयाँ पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम हुनेछ र अध्यक्ष गच्छदार नै रहने समझदारी भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको