Like us!
Follow us!
Connect us!
Watch us!

राधी जलविद्युत् कम्पनीको चार लाख कित्ता सेयर खुल्यो

सोमबार, ०४ बैशाख २०७४, १२ : ३५ मा प्रकाशित

राधी जलविद्युत् कम्पनीको चार लाख  कित्ता सेयर खुल्यो

अर्थ संसार 
काठमाडौँ– राधी विद्युत कम्पनी लिमिटेडले  साधारण सेयर आज देखि खुलेको छ ।  कम्पनीले स्थानीय प्रभावितका लागि चार करोड १० लाख  कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

आयोजना प्रभावित लमजुङबासीका लागि चार करोड १० लाख  कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको कम्पनीका अध्यक्ष तथा प्रबन्धक निर्देशक विनय कुमार भण्डारीले जानकारी दिनुभयो । 

कम्पनीले रु एक सय अंकित दरका रु ४ करोड दश लाख बराबरको सेयर आयोजना प्रभावित लमजुङ बासीहरुलाई बिक्री खुला गरेको हो । बाँकी छ लाख १५ हजार कित्ता सेयरको निष्काशन कम्पनीले यसको बाँडफाँडपछि निष्काशन गर्नेछ ।

खुला भएको सेयरमध्ये अति प्रभावित साबिक घेर्मु गाविस वडा नम्बर ५ का बासिन्दालाई ६० प्रतिशत बराबर हुन आउने दुई लाख ४६ हजार कित्ता र बाँकी न्युन प्रभावित क्षेत्र साबिक ताघ्रिङ्ग गाविसका लागि एक लाख ६४ हजार कित्ता सेयर निष्काशन खुला गरिएको हो ।

कम्पनीले कुल रु १० करोड २५ लाख बराबरको दश लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्नेछ । जारी हुने सेयरमध्ये आयोजना प्रभावित लमजुङबासीका लागि चार लाख १० हजार कित्ता सेयरमा अहिले आवेदन खुला गरिएको हो ।

कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्ट रहेको छ । वैशाख ४ गते खुला हुने सेयरमा छिटोमा वैशाख १९ गते तथा ढिलोमा जेठ २ गतेसम्म आवेदन गर्न पाइने बिक्री प्रबन्धक नबिल इन्भेष्टले जनाएको छ ।


 कम्पनीको सेयरमा न्यूनतम ५० कित्तादेखि चार हजार कित्तासम्म आवेदन गर्न पाइनेछ । कम्पनीको सेयरमा  तलको आह्वान पत्रमा उल्लेखित स्थानबाट आवेदन दिन सक्नेछन् । राधी विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी रु एक अर्ब ५० करोड र जारी पूँजी ४१ करोड रहेको छ ।

कम्पनीले जारी पूँजीमध्ये रु ३० करोड पचहत्तर लाख संस्थापकहरुबाट संकलन गरिसेकेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरलाई ४ लाख १० हजार कित्ता र सर्वसाधारणका लागि ६ लाख १५ हजार कित्ता साधारण सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी रु ४१ करोड पुग्ने जनाएको छ । 

 

58f4b38d1dd41.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको