Like us!
Follow us!
Connect us!
Watch us!

भाइबरले काठमाडौंका पाँच ठाउँमा निशुल्क सेवा दिने

आइतबार, ३० असोज २०७३, १४ : ५१ मा प्रकाशित

भाइबरले काठमाडौंका पाँच ठाउँमा निशुल्क सेवा दिने


अर्थ संसार
काठमाडौं–भाइबरले काठमाडौं उपत्यकाभित्र निशुल्क भाइबर सेवा उपलब्ध गराउने भएको छ । फ्रि भाइबर क्षेत्र नाम दिइएको भाइबर जोनमा संघ संस्था, ब्राण्ड र चर्चित हस्तीहरुलाई उनीहरुका फ्यानहरु र फलोअरहरुसँग पब्लिक च्याटमार्फत् सम्पर्क बनाइराख्ने सेवा उपलब्ध गराउँछ । 

फ्रि भाइबर सेवा ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट ९शान्तिनगर, नयाँ बानेश्वर०, निमन्त्रणा रेष्टुरेन्ट ९काठमाडौं मल० र डिजी टेक काठमाडौं ९पाको न्यूरोड– ताम्राकार हाउसको अगाडि० उपलब्ध हुने भाइबरले विज्ञप्तिमार्फत जनाएको छ ।

सुबिसु केबल नेटद्वारा उपलब्ध यी फ्रि भाइबर क्षेत्रहरुमा प्रयोगकर्ताहरुले असीमित निःशुल्क इन्टरनेट सर्भिस प्राप्त गर्नेछन् । यस सेवाबाट उनीहरुले भाइबरको प्रयोग सित्तैंमा गरेर कल गर्न, सन्देश पठाउन र भिडियो कल गर्न सक्नेछन् । यी स्थानहरुमा प्रयोगकर्ताहरुले फ्रि भाइबर जोनमा लग अन गरेर चाहे जति इन्टरनेटको सुविधा उपभोग गर्न सक्नेछन् ।

‘हामीले नेपालमा बढ्दो भाइबरको बजारलाई मध्यनजर राखेर नै फ्रि भाइबर क्षेत्र निर्धारण गरेका छौं । महान चाडको सेरोफेरोमा रमाइरहेका नेपाली प्रयोगकर्ताहरुलाई फ्रि भाइबर क्षेत्रले उल्लेखनीय सुविधा प्रदान गर्नेछ’ भाइबरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रयोगकर्ताहरुले फ्रि भाइबर क्षेत्रको सेवा उपभोग गर्दै आफ्ना प्रियजनहरुसँग सम्पर्क कायम गरेर चाडबाडको उमँग आदान प्रदान गर्न सकनेछन् । ‘भाइबरले बडा दशैंलाई ध्यानमा राख्दै दशैं स्टिकर पनि नेपालभर सित्तैंमा प्रस्तुत गरिदिएको छ’ भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैयरले भने ।

भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई आफ्नै भाषामा मनोभाव साटासाट गर्न भाइबरको स्टिकर बजारमा नेपाली स्टिकरसमेत उपलब्ध गराएको छ । भाइरले केही समयअघि नेपाली प्रयोगकर्ताहरुमाझ विश्वका ५२ राष्ट्रहरुमा भाइबर आउटमार्फत् फ्रि कल गर्ने सुविधा प्रदान गरेर नेपाली प्रयोगकर्ताहरुलाई थप सेवा उपलब्ध गराएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको