Like us!
Follow us!
Connect us!
Watch us!

अशोक लेलैण्डले ल्यायो भारतमै पहिलो सर्किट इलेक्ट्रिक बस

मंगलबार, ०२ कार्तिक २०७३, २० : ४३ मा प्रकाशित

अशोक लेलैण्डले ल्यायो भारतमै पहिलो सर्किट इलेक्ट्रिक बस

अर्थ संसार
चेन्नाई (भारत)–हिन्दुजा ग्रुपअन्तर्गतको अशोक लेलैण्डले मंगलबार भारतको पहिलो सर्किट इलेक्ट्रिक बसकोे चेन्नाई स्थित कर्पाेरेट अफिसमा अनावरण गरेको छ । पूर्णतया इण्डियामा डिजाइन तथा इन्जिनियरिङ्ग गरिएको उक्त बस भारतीय रोड तथा लोडअनुसार जिरो एमिशन भेहिकलको रुपमा रहेको कम्पनीको दावी छ । 
भारतको तामिलनाडुका चिफ सेक्रेटरी अम्बुज शर्मा आइए एसले भारतमै निर्मित पूर्ण रुपमा विद्युतीय बसलाई सर्वसाधारणको यातायातका लागि प्रयोगमा ल्याउन पाउनु निकै ठूलो उपलब्धी भएको बताए । यस गाडीले सरकारको ८ लाख करोड रुपैयाँ बराबरको फ्यूल आयात घटाउने लक्ष्यलाई सहायता गर्ने र स्वच्छ भविष्यको लक्ष्य प्राप्तिमा सहयोग गर्ने उनले बताए । 
उक्त बसलाई सन् २०२० सम्म इलेक्ट्रिक÷हाइब्रिड भेहिकलको संख्या २० प्रतिशतले बढाउने लक्ष्य लिएको नेशनल इलेक्ट्रिक मोबिलिटी प्लानअनुरुप बजारमा ल्याइएको कम्पनीले जनाएको छ । जिरो टेल पाइप एमिशन तथा न्यून ध्वनि प्रदुषणबाहेक उक्त बसले संचालन खर्च पनि न्यून बनाउने छ ।
अशोक लेलैण्डका प्रबन्ध निर्देशक विनोद दशारीका अनुसार यस बसले ग्राहकहरुलाई करीब ४–५ वर्षभित्र पेब्याक प्रदान गर्नेछ । अशोक लेलैण्डले १२ टन बसको वर्गमा ६० प्रतिशत बजार ओगट्न सफल भएको कम्पनीको दावी छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको