Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस र माओवादीको निशानमा एमाले

बुधबार, २७ बैशाख २०७४, १७ : ११ मा प्रकाशित

कांग्रेस र माओवादीको निशानमा एमाले

अर्थ संसार 
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारका क्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाउनुभएको छ । 

स्थानीय तहको निर्वाचनका लागि पार्टी तयार गरेको विभिन्न श्रव्यदृष्य सामग्रीलाई आज यहाँ लोकार्पण गर्दै अध्यक्ष ओलीले कानुनी राज्य पालना गर्न सरकार गम्भीर नहुनुले यस्ता कामले स्वच्छ र धाँधलीरहित निर्वाचन हुनेमा आशङ्का पैदा भएको बताउनुभयो । 

निर्वाचन आयोगलाई निरीह नभई कानुनसम्मत रुपमा प्रस्तुत हुन पनि अध्यक्ष ओलीले आग्रह गर्नुभयो । 

“देशलाई आतङ्कको राज र छाँयामा लान खोजिँदैछ । हिंसा, धाँधली, अनियमितता र बेथितिका काम भइरहेको छ” अध्यक्ष ओलीले भन्नुभयो, “हामी शान्ति र लोकतन्त्रका बाटोबाट अघि बढ्न चाहन्छौँ, यसलाई कमजोरी नठानियोस् ।” 

उहाँले कुनै पनि झुट र असत्य सामग्रीलाई एमालेले प्रचार गरिरहनु नपर्ने बताउँदै आफूहरुले रेलको कुरा गर्दा खेलौना रेल ल्याएर तमासा देखाएको तर अहिले सबै पार्टीका घोषणापत्र र भाषणमा त्यही रेललाई अपरिहार्य आवश्यकता मानिएको उल्लेख गर्दै देशको एकता र समृद्धिका लागि एमाले आवश्यक छ भन्नुभयो । 

अध्यक्ष ओलीले    घुँडा टेकेर होइन पैतालाले टेक्ने नेपाली स्वाभिमानको इतिहासलाई कायम राख्न पार्टी सक्षम भएको उल्लेख गर्नुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको