Like us!
Follow us!
Connect us!
Watch us!

कुन-कुन कम्पनीले पाए बीमाको नयाँ अनुमति

विहीबार, ०४ जेठ २०७४, ११ : ३८ मा प्रकाशित

कुन-कुन कम्पनीले पाए बीमाको नयाँ अनुमति

अर्थ संसार, 
काठमाडौ – सरकारले विभिन्न १० वटा नयाँ जीवन बीमा कम्पनीले अनुमति दिएको छ ।अर्थमन्त्री कृष्णबहादुर महराले मन्त्रीस्तरीय निर्णय गर्दै आबेदन दिने बीमा कम्पनीहरुलाई लाइसेन्स दिने निर्णय गरेका हुन् ।

अर्थ मन्त्रालयले नयाँ बीमा कम्पनीको लाइसेन्स दिन बीमा समितिलाई सहमति दिएको छ, अर्थमन्त्रीका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले बताए ।

अर्थले आइएमइ, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, स्टार, सिटिजन, रिलायबल, ज्योति र युनियन लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिन सहमति दिएको हो ।
बीमा व्यवसाय सञ्चालन गर्नका लागि एक महिना पहिले विभिन्न १८ वटा कम्पनीले निवेदन दिएका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको