Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर महानगरपालिकामा कांग्रेस र एमाले विच कडा प्रतिस्पर्धा, काँग्रेसको अग्रता कायमै

आइतबार, ०७ जेठ २०७४, ०८ : ४९ मा प्रकाशित

ललितपुर महानगरपालिकामा कांग्रेस र एमाले विच कडा प्रतिस्पर्धा, काँग्रेसको अग्रता कायमै

अर्थ संसार 

काठमाडौँ  ललितपुर महानगरपालिकाको साँझ ७ बजेसम्मको मतगणनाअनुसार महानगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारले १५ हजारभन्दा बढी मतसहित अग्रता कायमै राख्नुभएको छ । 

महानगरको १६ वटा वडाको मतगणना सकिँदा प्रमुखमा काँग्रेसका चिरीबाबु महर्जनले १५ हजार ३९९ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा (एमाले) का हरिकृष्ण ब्यञ्जनकारले १४ हजार ८६ मतसहित पछ्याइरहनुभएको छ । 

त्यसैगरी, उपप्रमुखमा काँग्रेसका गीता सत्यालले १२ हजार २७४ मत प्राप्त गर्नुभएको छ भने साझा पार्टीका शोभा शाक्यले १० हजार ५३० मत प्राप्त गर्नुभएको छ । अहिले महानगरको वडा नं १६ र १८ को मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको