Like us!
Follow us!
Connect us!
Watch us!

केपी ओलीको प्रश्नको उत्तर यसरी दिए प्रधानमन्त्रीले

बुधबार, १० जेठ २०७४, १७ : ०३ मा प्रकाशित

केपी ओलीको प्रश्नको उत्तर यसरी दिए प्रधानमन्त्रीले

अर्थ संसार, 
काठमाडौँ- २०७३ साल साउन १९ गते प्रधानमन्त्रीको निर्वाचन हुँदै थियो । नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दै सोधेका थिए  म प्रधानमन्त्रीबाट हट्दा त केही भएन तर मैले अगाडि सारेका योजना के हुन्छन्   ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्टममा उभिएर सोधेका थिए, फास्ट ट्याक के हुन्छ ? 

प्रधानमन्त्री भएको १० महिनापछि आज प्रधानमन्त्री प्रचण्डले ओलीले सोधेको प्रश्न मात्र सम्झिएनन, जवाफ पनि राम्रैगरी दिए । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशबासीका लागि सम्बोधन गर्दै  ओलीको नाम नलिई उजले भने गलत नियमत भएकालाई केही भन्न सकिदो रहनेछ । 

प्रधानमन्त्रीले भने त्यसबेला सोधिएको प्रश्न जायज भएपनि सोध्नेहरुको नियत सही नभएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने ‘फास्ट ट्र्याकलाई लिएर त नियोजित प्रचार नै गरियो । मेरो बारेका अर्नगल नै गरियो आज म ती प्रश्नहरुको जवाफ दिन्छु ।

प्रधानमन्त्रीले फास्ट ट्याक निर्माणको ग्यारेन्टी गरेको बताए । लामो समयसम्म राजनीतिक दाउपेचमा मात्र सीमित रहेको फास्ट ट्याक नेपाली सेनालाई बनाउने दिने निर्णय भएको भन्दै उनले भने, ‘केही दिनमा म शिलान्यास गर्दैछु ।’

उनले लामो समयदेखि बन्न नसकेको हुलाकी मार्ग पनि तीव्र गतिमा बनिरहेको बताए । विगतमा हावादारी गफ गर्नेहरुले अहिले आएर थाहा पाएको प्रधानमन्त्रीको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको