Like us!
Follow us!
Connect us!
Watch us!

आयो इन्स्टामिमको नयाँ भर्सन, आफूले चाहेजस्तो डिजाइन मोवाइलमै बनाएर सेयर गर्न सकिने

आइतबार, ०७ कार्तिक २०७३, १३ : ४० मा प्रकाशित

आयो इन्स्टामिमको नयाँ भर्सन, आफूले चाहेजस्तो डिजाइन मोवाइलमै बनाएर सेयर गर्न सकिने

अर्थ संसार
स्मार्टफोनका अग्र्यानका रुपमा छन् एप्लिसेसन्स (एप्स) । नेपालीले डेभलप गरेका एप्सले समेत ग्लोबल मार्केटमा विदेशीसग कम्पिटिसन गर्दै छन् । तिनले विस्तारै युजरको मन जित्दै छन् । यसै साता फरक प्रकृतिको एउटा एपले नयाँ भर्सन सार्बजनिक गरेको छ । 

फेसबुक, टवीटरलगायतका सामाजिक संजालमा फरक प्रकृतिका फोटो/स्केचमाथि लेखेर आइडिया, बिएभियर, स्टाइललगायत सेयर गर्ने मिमको प्रयोग ग्लोबल्ली निकै बढ्दो छ । कुनै कुरा पोस्ट गर्न, कसैको पोस्टमा कमेन्ट गर्न यस्ता मिमको प्रयोग हुने गरेको छ । 

नेपालमा समेत त्यस्तो क्रम भित्रदै गएको छ । अरुलाई हंसाउने, गम्भिर बनाउने, ब्यंग्य गर्ने यस्ता मिम कम्प्युटरमा डिजाइन गरेर सामाजिक संजाल, मेसेन्जरमा पोस्ट गरेर शेयर गरिन्छ । अब भने तपाईंले मिम डिजाइनमा समय खेर फाल्नु पर्ने छैन । डिजाइनिङ नजाने पनि तपाईंले आफूले चाहेजस्तो मिम मोवाइल एपमै डिजाइन गरेर सेयर गर्न सक्नु हुन्छ । 

एल्लो नेपालको ग्लोबल एप्स डिभिजन फसम् एप्सले ल्याएको इन्स्टामिम एपको नयाँ भर्सन सार्बजनिक भएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोनमा गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिने यस एपले संसारभर मिम लभरलाई नया प्लेटफर्म उपलब्ध गराएको छ ।

‘यस एपमा ५ हजारभन्दा बढी मिमका टेम्पलेट, स्टिकर, इमोजीलगायत छन्,’ फसम् एपका कोफाउन्डर अनिष श्रेष्ठले भने, ‘तिनको प्रयोग गरेर सबैले आफ्नो अनुकूलका मिम बनाउन सक्छन् ।’ तपाईले सधै टेम्पलेटको भर पर्नुपर्ने छैन । तपाईंलाई मन परेको कलाकारको तस्बिरलाई मिम बनाउन मन लागेको होला ।

आफ्नै फोटोलाई मिम बनाएर पोस्ट गर्ने चाहना होला । त्यतिबेला यस एपले अप्सन दिन्छ । तपाईं आफ्नो मोवाइलको ग्यालरीमा भएका तस्बिरहरु छानेर, वा तत्काल तस्बिर खिचेर आफैं एपमार्फत मिम डिजाइन गर्न सक्नु हुन्छ । चलचित्र, सिरियल वा व्यक्तिका विभिन्न आसनका फोटोलाई यस एपमार्फत तुरुन्तै फन्ट कलर, फन्ट साइज, स्ट्रोक कलर, सर्ट सेन्टेन्स राखेर मिम तयार पार्न सकिन्छ । 

नया भर्सनमा आफ्नो इमेजलाई क्रप गर्ने, फिल्टर गर्ने र एडिट गर्ने सुविधा छ । यस्तै धेरै इमेजलाई अगाडि, पछाडि ल्याउन, जुम इन÷आउट गर्न, रोडेट (घुमाउन), ब्याकग्राउन्ड राख्न, गटर एड गर्न सकिन्छ । आफ्नो अनुकूलको डिजाइन गरेपछि फोनमा सेभ गरेर साथीहरुलाई सोसल मिडियामार्फत सेयर गर्न सकिन्छ ।

कसरी आयो आइडिया ? एल्लो नेपालले नजिकको रेस्टुरेन्ट खोज्नेहरुलाई एड्रेस, मेनुलगायतका जानकारी मोवाइलमै उपलब्ध गराउदै आएको छ । गत बर्षको भूकम्पले रेस्टुरेन्टको बजारमा ठूलै असर ग¥यो । त्यतिबेला एल्लो नेपाल टिम फूर्सदिलो भयो । ‘हामीले ग्लोबल मार्केटमा जाने एप्स डेभलप गरेको भए यस्तो अबस्था भोग्नु पर्ने थिएन,’ अनिषले भने, ‘त्यसपछि संसारका सबैलाई काम लाग्ने एप्स डिजाइन गर्ने आइडिया आयो ।’ त्यही आइडियाअनुसार एल्लो नेपालले फसम् एप्स डिभिजन खडा गरेर ग्लोबल मार्केटका लागि एप्स निर्माण थालेको छ । '

इन्स्टामिमबाट निकै राम्रो प्रतिक्रिया आएको उनले बताए । यस एप डेभलपमा अनिषसहित, मनिषा कर्माचार्य, भास्कर श्रेष्ठ र मधुसुदन श्रेष्ठ संलग्न थिए ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको