Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रि चयनमा एकलौटी गरेको भन्दै पौडेल समूह फायर

बुधबार, २४ जेठ २०७४, १३ : १३ मा प्रकाशित

मन्त्रि चयनमा एकलौटी गरेको भन्दै पौडेल समूह फायर

अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्रीमा निर्वाचित भए पछि मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै रामचन्द्र पौडेल समूह असन्तुस्ट बनेको छ । 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रि चयनमा आफ्नो समूहसँग कुनै पनि सम्वाद नगरेको र सम्मानजनक स्थान नदिएको भन्दै प्रधानमन्त्रीसँग फायर बनेको हो । 

पौडेल समूहबाट अर्थमन्त्रीमा महेश आचार्यलाई पठाइने चर्चा भएपनि हालसमम कुनै पनि निर्णय नलिइएको र पौडेल समूहको सम्पर्क कार्यालय अनामनगरमा बसेको बैठकले समेत कुनै निर्णय गरेको छैन ।

सो समूहले सपथ ग्रहण समारोह समेत बहिस्कार गर्ने तयारी गरेको छ । सो समूहका एक नेताले भने हाम्रो मागको सुनुवाई नभएको खण्डमा आज हामी सपथ ग्रहण समारोह समेत बहिस्कार गर्छौ र मन्त्रि पनि पठाउँदैनौ । 

अनामनगर बैठकमा पौडेलले देउवाले आफुहरुलाई कुनै पनि वास्ता नगरेको भन्दै चर्को आलोचना गरेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको