Like us!
Follow us!
Connect us!
Watch us!

गुल्मीमा  काँग्रेस र माओवादीबीच चुनावी तालमेल

बुधबार, २४ जेठ २०७४, १६ : ४७ मा प्रकाशित

गुल्मीमा  काँग्रेस र माओवादीबीच चुनावी तालमेल


अर्थ संसार,
गुल्मी –पहिलो चरणको स्थानीय तहको निर्वाचनमा तालमेल गरेको नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)ले दोस्रो चरण अन्तर्गत हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि पनि तालमेलको प्रक्रिया अगाडि बढाउने भएका छन्   ।

पछिल्लो समाचारअनुसार गुल्मीको रुरु गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच तालमेल हुने भएको हो  ।माओवादी केन्द्रले रुरु गाउँपालिका प्रमुखसहित दुईवटा वडा अध्यक्षमा र काँग्रेसले उपप्रमुखसहित चारवटा वडा अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले बताउनुभयो ।

सहमतिअनुसार रुरु गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट यदु ज्ञवाली तथा उपप्रमुखमा काँग्रेसका देवेन्द्र मल्ल उम्मेदवारी दिइने छ । त्यस्तै छवटा वडा रहेको सो गाविसको बङ्म्घा र बलेटक्सार वडाका अध्यक्षमा माओवादी केन्द्र तथा थानपती, रुरु, रिमुवा र ग्वादी गरी चारवटा वडा अध्यक्ष काँग्रेसलाई दिने सहमति भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य बुद्धि जिसीले बताउनुभयो ।

एमालेले उक्त गाउँपालिकाका प्रमुखमा निलकण्ठ गौतम र उपप्रमुखमा लक्ष्मीदेवी पन्थलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको