Like us!
Follow us!
Connect us!
Watch us!

क्षेतिग्रस्थ संरचनाहरुको पुनःनिर्माण सुरु गर्ने

विहीबार, २५ जेठ २०७४, १४ : ४४ मा प्रकाशित

क्षेतिग्रस्थ संरचनाहरुको पुनःनिर्माण सुरु गर्ने

अर्थ संसार
काठमाण्डौँ –राष्ट्रिय व्यापार संघले काठमाण्डौँ महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर लगायत वडा नं. २२ र २४ बाट निर्वाचित वडा अध्यक्ष लगायत सदस्यहरुको सम्मानमा बधाई एवं शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख बिध्यासुन्दर शाक्य उपमेयर हरिप्रभा खड्की लगायतलाई राष्ट्रिय व्यापार संघका अध्यक्ष नयन बहादुर पण्डित क्षेत्रि ज्यूले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै महानगरपालिकाका मेयरले भुकम्पबाट क्षेतिग्रस्थ संरचनाहरुको पुनःनिर्माण सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै चुनावमा व्यक्त गरेका प्रतिबद्धता आफुले पुरा गर्ने विश्वास व्यक्त गरे कार्यक्रममा नवनिर्वाचित उपमेयर २२ र २४ वडामा वडा अध्यक्षहरु क्रमशः चिनकाजि मर्हजन र बालकृष्ण श्रेष्ठका साथै सल्लाहाकारहरु  शम्मुलाल श्रेष्ठ, जुग्दरत्न ब्रजाचार्य र अजरमान मान्नधरले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संघका सचिव बैकुण्ठ दाहालले संचालन गर्नु भएको थियो ।

कार्यक्रम राष्ट्रिय व्यापार संघका अध्यक्ष नयन बहादुर पण्डित क्षेत्रिको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष क्षेत्रिले स्थानिय निकाय संग समन्वय गरी व्यापार संघले विभिन्न सामाजीक कार्यहरु गर्दै आईरहेको र आगामि दिनहरुमा अझैँ सशक्त रुपमा सहकार्य गरी अगाडि बढ्ने कुरा बताउनु भयो ।

कार्यक्रम मारवाडी सेवा समितिको हलमा सम्पन्न भएको थियो । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष युवराज न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको