Like us!
Follow us!
Connect us!
Watch us!
साना लगानीकर्ता सधै मारमा

किन संस्थागत हुन सकेन सेयर बजार ?

शुक्रबार, २६ जेठ २०७४, १३ : ०५ मा प्रकाशित

किन संस्थागत हुन सकेन सेयर बजार ?

अर्थ संसार, काठमाडौँ- सेयर बजारलाई मानिसहरुले जुवाको खाल पनि भन्ने गरेका छन् । त्यसो भन्नुको पछाडि केही खास कारणहरु पनि हुने गरेका छन् । बजार विधिशास्त्रबाट भन्दा पनि केही ठूला लगानीकर्ताको लहडका आधारमा चल्ने गरेको छ ।

पछिल्ला दिनमा नेपाल धितोपत्र बोर्डले बजार सुधारका लागि केही प्रयासहरु भने गरेकै छ । अबको केही समयपछि साधारण सेयर आवेदन गर्ने सबैलाई कम्तीमा पनि दश कित्ता साधारण सेयर दिने नीति अगाडि सारेको छ ।

त्यसले बजारमा साना लगानीकर्ताको प्रवेश र ठूला लगानीकर्तालाई समेत दबाव पर्ने बोर्डको अनुमान छ ।यस्तै बजार सुधारको नाममा बोर्डले आस्वा प्रणाली पनि लागू गरेको छ । त्यसले बजारमा जान सक्ने कालो धनलाई नियन्त्रण गरेको छ । बैंक तथा वित्तिय संस्थामा नै रकम राखेर गरिने कारोबारले बजारलाई स्वच्छ बनाउन धेरै हदसम्म सहयोग गरेको छ ।

विगतमा बोराका बोरा पैसा बोकेर एकै व्यक्तिले हजारौ कित्ता सेयर किन्ने प्रचलन रहँदै आएको थियो । आश्वा प्रणालीले विगतमो अवैज्ञानिक एवम् अपारदर्शी कारोबारलाई नियन्त्रण मात्रै होइन नियमन पनि गरेको छ ।

तर पनि पछिल्लो दिनमा सेयर बजार जुन रुप र तहबाट अगाडि जानुपर्ने हो त्यो हुन सकेको छैन । बजारमा शुद्धता नआउनु, केही लगानीकर्ताको होडमा बजार रहनु तथा बजारलाई नियन्त्रण र सन्तुलनको मूल्य तथा मान्यतामा राख्न नसक्नुले पनि सहज र पारदर्शी नतिजा दिन सकेको छैन ।

सेयर बजार मुलुकको अर्थतन्त्रको झलक दिने निकाय हो । अर्थतन्त्र कुन स्तरमा अगाडि बढेको छ, त्यसले पार्ने प्रभाव कस्तो रहन्छ भन्ने बारेमा हालसमम कुनै पनि गतिलो अध्ययन हुन सकेको छैन ।

भएका अध्ययन पनि केवल अध्ययनका लागि मात्रै हुने गरेका छन् । अध्ययनबाट आएका सकारात्मक सुझावलाई कार्यान्वयन गर्ने तर्फ ध्यान दिन सकिएको छैन । बजारमा देखिएका नकारात्मक विकृति एवम् विसंगतिलाई निराकरण गर्ने तर्फ पनि ध्यान दिइएको छैन ।

बजारलाई अनियन्त्रित रुपमा छाडिनु, बजारमा अस्वाभाविक प्रतस्पिर्धा गरिनु तथा केही मान्छेले बजार होल्ड गर्ने, मनलाग्दी तवरले बजार बढाउने तथा घटाउने प्रवृत्ति हालसम्म कायम रहेको छ ।

सरकार तथा अर्थ मन्त्रालयले विशेष गरी सेयर बजार सुधारका लागि नीतिगत रुपमा प्रष्ट व्यवस्था गरिनु जरुरी भइसकेको छ । बजारमा दीर्घकालीन लगानी होओस् र बजार निरन्तर बढाउने तर्फ पहल होस् भन्ने साना लगानीकर्ताको माग छ । तर त्यसतर्फ कुनै प्रयत्न गरिएको छैन ।

साना लगानीकर्ता मार्ने र ठूलालाई काखी च्यापेर बजारलाई अस्वाभाविक बनाउने केही मान्छेलाई निरुत्साहित गर्ने तर्फ समयमै सरकार तथा सरकारी निकायले विशेष ध्यान दिनु जरुरी देखिन्छ । के बजार सानाका लागि होइन त प्रश्न संगीन छ र रही रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको