Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको हकप्रद सेयर बजारमा, तपाईले भर्नु भयो ?

शनिबार, २७ जेठ २०७४, १४ : ०४ मा प्रकाशित

सिद्धार्थ बैंकको हकप्रद सेयर  बजारमा, तपाईले भर्नु भयो ?

अर्थ संसार, सिद्धार्थ बैंक लिमिटेको हकप्रद सेयर बजारमा निष्काशन भएको छ । लगानीकर्ताहरुले भर्नुभयो  भयो त ? नभरेको भए आजै चाँडै भर्नुहोला ।  विहीबारदेखि  ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर बिक्री खुल्ला गरेको छ ।

सिद्धार्थले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५७ करोड ५२ लाख ५७ हजार आठ सय १३ रुपैयाँ बराबरको एक करोड ५७ लाख ५२ हजार पाँच सय ७८ दशमलव १३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

असार २८ गतेसम्म निष्काशन खुला रहने सेयरमा जेठ १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

बिक्री प्रबन्धक बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड

 हकप्रद सेयर निष्काशनका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

इच्छुक सेयरधनीहरुले लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल लगायत सिद्धार्थ बैंकका सम्पूर्ण शाखाहरुबाट हकप्रदमा आवेदन दिन सक्नेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको