Like us!
Follow us!
Connect us!
Watch us!

राजपालाई एमालेले दियो कडा चेतावनी, निर्वाचन कुनै हालतमा रोकिनुहुन्न

बुधबार, ३१ जेठ २०७४, १७ : ३४ मा प्रकाशित

राजपालाई एमालेले दियो कडा चेतावनी, निर्वाचन कुनै हालतमा रोकिनुहुन्न

अर्थ संसार, काठमाडौँ–तराई मधेसको चुनाव स्थगित गरेर नयाँ मिति नतोकेसम्म आफूहरु सहभागी नहुने भन्दै राष्ट्रिय जनता पार्टीले दिएको धम्कीपूर्ण चेतावनीलाई नेकपा(एमाले)ले कडा शब्दमा विरोध जनाएको छ ।

एमालेको आज बसेको स्थायी कमिटिको बैठकले चुनावमा भाग लिन्नौ र विथोल्छौ भन्ने जस्ता अव्यिक्ति लोकतन्त्रको सामान्य मूल्य र मान्यता विपरित रहेको ठहर गरेको छ ।

एमालले निर्वाचन अगाडि संविधान संशोधन समेत हुन नसक्ने भन्दै चुनाव पछि भने सोच्न सकिने प्रष्टिकरण दिएको छ । राजपा नेपाललाई समेत निर्वाचनमा सहभागी गराउने विषयमा सत्तारुढ दलले वार्ता र समवाद जारी राखेको अवस्थामा एकालेको यस्तो धारणा आएको हो ।

एमालले निर्वाचनलाई शान्तिपूर्ण एवम् भयरहित वातावरणमा सम्पन्न गराउन सरकारसँग समेत माग गरेको छ । सो पार्टीले आन्दोलनको नाममा जनताको मताधिकारको सम्मान गर्न र कुनै पनि अवरोध नगर्न राजपालाई चेतावनी समेत दिएको छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आयातित मान्छेहरुको भरमा निर्वाचन विथोल्छो भन्ने राजपाको धम्कीले निर्वाचन नरोकिने बताएको भोलिपल्ट आज एमालेको धारणा सार्वजनिक भएको हो ।

एमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतमा लागेको असक्षमताको आरोपबाट बच्न समेत तत्काल निर्वाचनको मिति सार्ने र कुनै पनि वाहानाबाजी गर्ने छुट नभएको उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको