Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक विवादमा फस्दै देउवा, न त सरकार विस्तार नत उम्मेदवार चयन

बुधबार, ३१ जेठ २०७४, १८ : १५ मा प्रकाशित

आन्तरिक विवादमा फस्दै देउवा, न त सरकार विस्तार नत उम्मेदवार चयन

अर्थ संसार, काठमाडौँ– सरकार गठन भएको एक साता बिन्त लाग्दा समेत प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति आन्तरिक र बाह्य दुवै समस्यामा फसेका छन् । आन्तरिक समसया समाधान गरेर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा समेत उनी सफल हुन सकेका छैनन् ।

राष्ट्रपति स्वीटजरल्याण्ड भ्रमणमा जानु अगावै सरकार विस्तार गर्ने तयारी गरिएको भएपनि आन्तरिक समिकरण मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेन ।

पार्टीका नेता रामचन्द्र पौडेलले बलबहादुर केसीलाई पनि मन्त्री बनाउनुपर्ने भन्दै दबाव दिएपछि देउवाले उक्त नाममा आनो सहमति नभएको बताए । जसका कारण आन्तरिक विवाद मिल्न नसक्दा सरकार विस्तार प्रक्रिया अगाडि बढ्न सकेन ।

पौडेल पषले आफुहरुलाई संस्थापन पक्षले भन्दा बढी मन्त्रालय पाउनुपर्ने माग प्रधानमनत्रीसँग राखेका कारण सहमति हुन नसकेको बताइन्छ ।

यस्तै स्थानीय तहको दोस्रो चरणको उममेदवारी मनोनयनको दिन नजिकिदै जाँदा समेत काँग्रेसले उममेदवार छनौट गर्न सकेको छैन । उम्मेदवार छनौट हुन नसक्नुको पछाडि पनि आन्तरिक विवाद नै प्रमुख कारण रहेको छ । जस्तै दाङमा खमुबहादुर खड्का, दीपकर गिरि र पार्वता चौधरी डिसीले सिफारिश गरेको व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने त्रिपक्षीय दबावमा देउवा परेका छन् ।

यस्तै विरगन्जमा समेत उम्मेदवार छनौट प्रक्रिया अगाडि बढ्न सकेको छैन । विराटनगरको अवस्था पनि उस्तै रहेको छ । अन्य राजनीतिक दल उम्मेदवार नै छनौट गरेर निर्वाचन प्रचार प्रसारमा जुटिरहेको बेला काँग्रेस भित्र विवाद बढ्न पुगेको छ । माओवादी केन्द्रले ९० प्रतिशत भन्दा बढी उममेदवार छनौट गरिसकेको छ भने एमालले पनि उम्मेदवार छनौटलाई अन्तिम चरणमा पुर्याएको छ ।

संघीय समाजवादी फोरमले समेत उम्मेदवार छनौट कार्य अन्तिम चरणमा पु पुर्याएपनि काँग्रेसले उम्मेदवार छनौट नगर्दा निर्वाचनको माहोल बन्न नसकेको बताइन्छ ।

आन्तरिक विवादमा फस्दा काँग्रेसले न त सरकार विस्तार गर्न सकेको छ न त स्थानीय तहको निर्वाचनमा उम्मेदवार नै टुङ्गो लगाउन सकेको छ भन्दै पार्टी भित्रै चर्को आलोचना सुरु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको