Like us!
Follow us!
Connect us!
Watch us!
सार्ने होइन, निर्वाचनका लागि दृढ हुनुहोस्– आयोग

सत्तापक्षको आग्रह निर्वाचन आयोगद्धारा अस्वीकार

विहीबार, ०१ असार २०७४, ११ : ५७ मा प्रकाशित

सत्तापक्षको आग्रह निर्वाचन आयोगद्धारा अस्वीकार


अर्थ संसार, काठमाडौँ–  सत्तापक्षद्धारा निर्वाचनको मिति सार्न गरेको आग्रहलाई निर्वाचनले अस्वीकार गरेको छ ।  सत्तापक्ष र आयोगका प्रमुख निर्वाचन आयुक्तबीच  आज सिंहदरबारमा भएको छलफलका क्रममा  निर्वाचनका मिति सार्ने आग्रह अस्वीकार गरेको हो ।

राजपालाई सहमतिमा ल्याउनका लागि भन्दै सत्तापक्षद्धारा निर्वाचनको मिति सार्न आयोग सँग आग्रह गरेको थियो ।निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको असार १४ गते हुने निर्वाचनका लागि दृढ भएर अघि बढ्न सरकार र राजनीतिक दललाई सुझाव दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले यस्तो सुझाव दिएको हो ।

छलफलपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोग यही असार १४ गते हुने निर्वाचनमा केन्द्रित भएर आफ्ना सबै काम अघि बढाइरहेकामा सरकारको तर्फबाट त्यसमा सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त  गरेका थिए ।
उनले भने – “आयोगले असार १४ गतेको निर्वाचनका लागि दृढ भएर अघि बढौँ भन्ने आग्रह गरेको छ ।”

सुकै निर्वाचन गर्दा पनि केही न केही अप्ठेरो हुन्छ भन्दै उनले भने गृहमन्त्रालयले निर्वाचनका लागि पूर्ण सुरक्षाको प्रत्याभूति दिएकाले निर्वाचनको बारेमा अब कुनै अन्योलमा नबस्न गरे ।

निर्वाचनको सन्दर्भमा सरकारका तर्फबाट उपलब्ध गराइएको साधन स्रोत र सुरक्षाको प्रत्याभूतिप्रति विश्वस्त भएर निर्वाचनको जिम्मेवारी पूरा गर्ने ऐक्यबद्धताका साथ भोलि हुने मनोनयन र १४ गतेको निर्वाचनका लागि हामी अघि बढिरहेका छौँ – प्रमुख निर्वाचन आयुक्त डा यादवले भने ।

आयोगको तर्फबाट सो अवसरमा निर्वाचनका लागि भएको सम्पूर्ण तयारीको बारेमा जानकारी गराएकामा आयोगका कामप्रति सरकार र सत्तासाझेदार दलको तर्फबाट धन्यवाद  दिए ।

छलफलमा नेपाली काँग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेताहरु विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव तथा गृहमन्त्री जनार्दन शर्मा सहभागी  थिए ।

सो अवसरमा आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वर पौडेल र सुधीर शाहका साथै आयोगका सचिव गोपीनाथ मैनाली सहभागी  जनाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको