Like us!
Follow us!
Connect us!
Watch us!

खोलामा पुल नहुँदा रोकियो विद्यार्थीको पढाइ

शुक्रबार, १३ साउन २०७४, १३ : ३३ मा प्रकाशित

खोलामा पुल नहुँदा रोकियो विद्यार्थीको पढाइ

अर्थ संसार, जाजरकोट–साउन ५ गतेदेखि जाजरकोटका सामुदायिक विद्यालयमा पढाइ शुरु भएसँगै समस्या पनि थपिएको छ । जिल्लाका दुर्गम गाउँमा रहेका विद्यालयमा आउन र जान साना बालबालिकालाई खोलानालामा पानी बढेका कारण समस्या भएको हो ।

वर्षायाममा खोलामा पानी बढ्ने तर पुल नभएका कारण विद्यालय आउन र जान समस्या भएको जिकुवास्थित पञ्चभयार माविका शिक्षक दलबहादुर खत्रीले बताउनुभयो ।

। वर्षायाममा लामो समस्यसम्म विद्यालय बन्द हुँदा विगतका वर्षमा खासै चिन्ता हुँदैनथ्यो तर योपटक साउन ५ गते नै विद्यालय खुल्दा समस्या भएको हो ।

स्थानीय जनप्रतिनिधिले यहाँका विद्यालय नजिक रहेका खोलामा काठेपुलको व्यवस्था गरिदिए ढुक्कका साथ बालबालिकालाई विद्यालयमा पठाउन सकिने त्रिवेणी नलगाड नपा–८ का रामप्रसाद खत्रीले वताउनुभयो ।

हिउँदयाममा खोलामा पानीको मात्रा कम हुने भएकाले त्यसतर्फ ध्यान कसैको नजाने स्थानीयवासीको भनाइ छ । जिल्लाका रग्दा, भगवती, सक्ला, रामीडाँडा, नायकवाडा, रोकायगाउँ, दहलगायतका अधिकांश ठाउँमा यो समस्या छ ।

खोलामा अस्थायी पुल भए पनि तत्काल स्थानीय सरकारले व्यवस्था गर्नुपर्ने चर्को माग उठेको छ । विगतमा विद्यालय आउँदै गर्दा धेरै विद्यार्थीले ज्यान गुमाएको सम्बद्ध शिक्षकको भनाइ छ ।

अहिले यहाँका स्थानीय तहमा विनियोजन गरिएको बजेटमा खोलामा पुल निर्माण गर्नेतर्फ ध्यान नगएको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको