Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

बुधबार, २४ कार्तिक २०७३, १३ : ५१ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

अर्थ संसार 
काठमाडौं – अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएका छन् । डेमाक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बनेका हुन् ।

यससँगै ट्रम्पका समर्थकहरुले खुसी मनाउन थालेका छन् भने अहिले ट्रम्पले सम्बोधन गरिरहेका छन् । ट्रम्पले २८९ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् ।

राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक थियो । ट्रम्पको जितसँगै हजारौं समर्थकले खुशीयाली मनाइरहेका छन् ।

लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको