Like us!
Follow us!
Connect us!
Watch us!

कान्तिपुर डेन्टल र ताइवानी अस्पतालबीच समझदारी

विहीबार, २५ कार्तिक २०७३, १४ : १४ मा प्रकाशित

कान्तिपुर डेन्टल र ताइवानी अस्पतालबीच समझदारी

अर्थ संसार

काठमाडौं–कान्तिपुर डेन्टल कलेज तथा जनरल अस्पतालले ताइवानको टुङ्स ताइचङु मेट्रो हार्बर हस्पिटलसँग साझेदारी गरि नेपालको स्वास्थ्य सेवामा सुधार तथा नयाँ प्रबिधिको शुरुवात गर्ने भएको छ । उक्त साझेदारीमा ताइवानी अस्पतालका तर्फबाट अध्यक्ष डा. जइ नियन तुङ र कान्तिपुर डेन्टल कलेज जनरल अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरे । 

दुई अस्पताल बिचको साझेदारीपछि स्वास्थ्य संस्थाहरुको आवश्यकता बमोजिम बिशेषज्ञहरुलाई श्रोत साधन तथा क्षमता अभिबृद्धि सम्वन्धि आवश्यक तालिम प्रदान गर्ने, सेवा सुबिधा तथा प्रबिधिको माध्यमबाट समुदाय स्वास्थ्य सेवा बिस्तारित गर्दै लगिने जारी विज्ञप्तिमा जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको