Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर पश्चात् नेपाल इन्भेष्टमेण्ट मेगा बैंककाे सेयर सूचिकृत

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १३ : ४६ मा प्रकाशित

मर्जर पश्चात् नेपाल इन्भेष्टमेण्ट मेगा बैंककाे सेयर सूचिकृत

नेपाल स्टक एक्चेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडकाे सेयर सुचीकृत भएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एकआपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १:०.९० को अनुपातमा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १००/- दरको शेयर क्रम संख्या १ देखि ३४,१२,८५,९४९ सम्मको कुल ३४,१२,८५,९४९ कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम यस स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचिकृत भएकाे नेप्सेले जनाएकाे छ ।

संलग्न सम्झौता बमोजिमका शर्तहरु पालना गर्नुपर्ने गरी मिति २०७९/११/१० को निर्णयानुसार नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट धितोपत्रको सूचीकरण गरी मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुकुवा गरिएको समेत नेप्सेले जनाएकाे छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको