Like us!
Follow us!
Connect us!
Watch us!

आज ५ अर्बको विकास ऋणपत्र विक्री

विहीबार, २३ कार्तिक २०७४, ०७ : ५६ मा प्रकाशित

आज ५ अर्बको विकास ऋणपत्र विक्री

अर्थ संसार, काठमाडौं –नेपाल राष्ट्र बैङ्कले आज  ५ अर्ब रुपैयाँको विकास ऋणपत्र विक्री गर्दै छ ।

सरकारको आन्तरिक ऋण जुटाउन राष्ट्र बैङ्कले जारी गरेको ८ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८२ ‘ख” बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागिएको हो ।

आज दिउँसो २ बजेसम्म बोलकबालमार्फत विक्री गरिने उक्त ऋणपत्र इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् ।

गत आइतवार (कात्तिक १९) मा पनि राष्ट्र ऋण व्यवस्थापन विभागले ७ वर्षे अवधिको ५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र निष्कासन गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको