Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले ल्यायो ‘एकमा दुई अफर’,  भ्वाईस सेवा २५ पैसा प्रतिमिनेटमा दिने

सोमबार, ०६ मंसिर २०७३, ११ : २३ मा प्रकाशित

एनसेलले ल्यायो ‘एकमा दुई अफर’,  भ्वाईस सेवा २५ पैसा प्रतिमिनेटमा दिने

अर्थ संसार
काठमाडौं– मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकका लागि भ्वाईस प्याकमा ‘एकमा दुई अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब करसहित २५ पैसा प्रतिमिनेटसम्ममा एनसेलको अन्य नम्बरमा कल गर्न सक्नेछन् । 
 
योजना सोमबार (मंसिर ६) देखि लागु हुनेछ । योजनाअन्र्तगत ग्राहकले हालकै मुल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाईस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्नेछन् । उक्त समय २४ घण्टाको लागि मान्य हुनेछ । 
 
एनसेलले जारी गरेको विज्ञप्तिअनुसार साप्ताहिक भ्वाईस प्याकमा ग्राहकले ६० रुपैयाँमा सात दिनको समयसीमा भएको १ सय ४० मिनेट टक टाईम पाउनेछन् । यो प्याकमा अहिले ग्राहकले ७० मिनेट पाइरहेका छन् । त्यसैगरी मासिक भ्वाईस प्याकमा अब ग्राहकले २ सयमा ४ सय मिनेटको सट्टा ८ सय मिनेट प्राप्त गर्नेछन् । यसरी ग्राहकले अब मासिक भ्वाईस प्याक खरिद गर्दा २५ पैसा प्रति मिनेटसम्ममा कल गर्न सक्ने कम्पनीले जनाएको छ । भ्वाईस प्याकका मूल्यमा कर जोडिएको छ ।
 
ग्राहकले आफ्नो भ्वाईस सेवाको आवश्यकताअनुसार युएसएसडी, आईभिआर, एसएमएसलगायतका माध्यमबाट भ्वाइस प्याक सुचारु गरि  ‘एकमा दुई अफर’ लिन सक्नेछन् । ग्राहकले १७११८ डायल गरेर दैनिक भ्वाईस प्याकका लागि १, साप्ताहिक भ्वाईस प्याकका लागि २ र मासिक भ्वाईस प्याकका लागि ५  थिचेर यो सेवा सुचारु गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ । युएसएसडीबाट सेवा सुचारु गर्न ग्राहकले एस्ट्रिक १७११८ ह्यास डायल गरि आफूलाई चाहिएको विकल्प छनोट गरी सेवा सुचारु गर्न सक्नेछन् । 
 
त्यसैगरी, एसएमएसमार्फत भ्वाईस प्याक खरिद गर्न ग्राहकहरुले दैनिक भ्वाईस प्याकका लागि ११, साप्ताहिक भ्वाईस प्याकका लागि ६० र मासिक भ्वाईस प्याकका लागि २०० टाइप गरी १७११८ मा एसएमएस पठाई सेवा सुचारु गर्न सक्नेछन् । ‘सेवाको शुल्क अझै घटाउँदै ग्राहकहरुका लागि थप मुल्य प्रदान गर्न यो अफर ल्याउन पाउँदा हामी निकै हर्षित छौ । सुलभ दरमा उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप यो अफर ल्याइएको हो,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । एकमा दुई अफर तीन महिनाको लागि मान्य हुने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको