Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनीले मङ्सिर ८ गतेदेखि सर्वसाधारणमा आइपिओ जारी गर्ने

अर्थ संसार

मंगलबार, ०५ मंसिर २०८०, १० : २९ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनीले मङ्सिर ८ गतेदेखि सर्वसाधारणमा आइपिओ जारी गर्ने

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मङ्सिर ८ गते देखि सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले मङ्सिर ८ गतेदेखि मङ्सिर १२ गतेसम्म आइपिओ निष्कासन खुला गर्नेछ । 

कम्पनीले धितोपत्र बोर्डबाट आफ्नो जारी पुँजी ७० करोडको २० प्रतिशतले हुन आउने १४ करोड कित्ता आइपिओ निष्कासनको अनुमति पाएको थियो । यसमध्ये १० प्रतिशतले हुन आउने एक लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याइएको थियो । त्यसपछि बाकिँ ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो ।

आइपिओ निष्कासनका लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले आफ्ना सहायक कम्पनीका रुपमा मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाइजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाइभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फुड बैंक, मुक्तिनाथ एग्रो मेसिनरी बैंक, मुक्तिनाथ आइटेक लिमिटेड तथा मुक्तिनाथ ट्रेडिङ कम्पनी सञ्चालन गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको