Like us!
Follow us!
Connect us!
Watch us!

क्लासिक भ्यू रिसोर्टले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १८ : १७ मा प्रकाशित

क्लासिक भ्यू रिसोर्टले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

क्लासिक भ्यू रिसोर्टले पब्लिकका लागि आईपीओ जारी गर्ने भएको छ ।

रिसोर्ट र एनआईसी एशिया क्यापिटलबीच आइपिओ जारी गर्न यही वैशाख ९ गते सम्झौता भएको थियो । सम्झौता अनुसार कम्पनीको आइपिओको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको हो । कम्पनीले जारी पूँजीको १४ प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरका १० लाख ५० हजार कित्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

उक्त रिसोर्ट सञ्चालनका लागि भारतीय ब्रान्ड सरोबरको रोयल टुपिल ब्रान्डसँग सम्झौता गरेको जनाएको छ । काठमाडौंको बुढानिलकण्ठमा १९ रोपनी क्षेत्रफलमा रिसोर्ट निर्माणाधीन अवस्थामा रहेको छ । एनआईसी एशिया क्यापिटलले आइडिया टु आइपिओ अन्तर्गत विभिन्न सेवा उपलब्ध गराइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको