Like us!
Follow us!
Connect us!
Watch us!

हुलास इन्फ्राले डाक्यो विशेष साधारणसभा, प्रिमियमसहित आइपिओ जारी गर्ने

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, १४ : ०१ मा प्रकाशित

हुलास इन्फ्राले डाक्यो विशेष साधारणसभा, प्रिमियमसहित आइपिओ जारी गर्ने

हुलास इन्फ्रा लिमिटेडले सार्वजनिक निष्कासनको एजेन्डासहित विशेष साधारणसभा डाकेको छ ।

वैशाख ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख २२ गते काठमाडौंको कमलादीस्थित कम्पनीकै रजिस्टर्ड कार्यालयमा बस्ने गरी विशेष साधारणसभा मिति तय गरेको हो । सभामा अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि लगायतका प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ । यसैगरी कम्पनीले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश गरिने जनाइएको छ ।

सार्वजनिक निष्कासनका लागि छुट्ट्याइएको सेयर धितोपत्र सम्बन्धि प्रचलित नियम बमोजिमको प्रतिशतले हुन आउने सेयर सम्बन्धित क्षेत्र तथा समूहलाई निष्कासन तथा बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनी प्रिइन्जिनियर्ड बिल्डिङलगायत निर्माण संरचनाहरु बनाउँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको