Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज क्यापिटलको फितलो व्यवस्थापनका कारण अपर तामाकोशीको लिलामी प्रक्रिया शुक्रबारलाई रोकियो

अर्थ संसार

शुक्रबार, ०५ माघ २०८०, २२ : १० मा प्रकाशित

लक्ष्मी सनराइज क्यापिटलको फितलो व्यवस्थापनका कारण अपर तामाकोशीको लिलामी प्रक्रिया शुक्रबारलाई रोकियो

अपर तामाकोशी हाइड्रोपावरको लिलामी प्रक्रिया मार्फत बिक्री गरिएको सेयरको बोलपत्र खोल्ने प्रक्रिया आजलाई  रोकिएको छ। 

काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयको खाली कार्यालय परिसर खाली ठाउँ पाल हालेर गरिएको लिलामी रोकिनुको मुख्य कारण आजलाई समय अभाव भनिएको छ। कार्यालय परिसरमा साँझ परेपछि माघको चिसो हावा चल्न थालेपछि क्यापिटलले लिलामीको सेयर खोल्न भोलिलाई स्थगित गरेको हो। 

सामान्यतया एक चोटी लिलामीको प्रक्रिया सुरु भएपछि अन्तिमआवेदन नखोले सम्म नै जारी नै रहन्छ। तर क्यापिटलको फितलो व्यवस्थापनका कारण लिलामी बिचैमा रोकिन पुगेको छ। लिलाममा झन्डै ३० हजार जनाले आवेदन दिएपछि क्यापिटलले त्यसै अनुसारको तयारी गर्नु पर्थ्यो। अपुग तयारीका बिचमा प्रकिया अगाडी बढ्दा प्रक्रिया रोकिन पुगेको छ।  

शुक्रबार साँझ सम्म केबल ९००० हजार आवेदन खोलिएको छ। आज कै तरिकाबाट पनि शनिबार यो प्रकिया जारी नै रहने र नसकिने देखिन्छ। 

अपर तामाकोशीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँको १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्य सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको उक्त सेयर गत पुस १२ गतेदेखि पुस २९ गतेसम्म लिलामीमार्फत बिक्री खुला गरेको थियो ।


  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको