Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशीको बोलपत्र खोल्ने क्रममा आवेदन सहित भेटियो ३० हजार नगद

अर्थ संसार

शनिबार, ०६ माघ २०८०, १६ : ३३ मा प्रकाशित

अपर तामाकोशीको बोलपत्र खोल्ने क्रममा आवेदन सहित भेटियो ३० हजार नगद

अपर तामाकोशी हाइड्रोपावरको लिलामी प्रक्रिया मार्फत बिक्री गरिएको सेयरको बोलपत्र खोल्ने प्रक्रिया आज दोस्रो दिन पनि जारी नै छ। 

काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयको खाली परिसरमा बोलपत्र खोल्ने क्रममा आज एक बोलपत्र भित्र ३० हजार नगद सहित नै आवेदन पाइएको छ। 

बन्द खाममा ३० हजार नगद पाइएपछि क्यापिटलको कार्यालयको खाली कार्यालय परिसरमा होहल्ला भएको थियो। उक्त आवेदन रद्द गर्दै नगद आवेदकलाई दिने भन्दै फेरि बोलपत्र खोल्न सुचारु गरिएको छ। 
 
हिजो शुक्रबार देखि सुरु भएको बोलपत्र खोल्ने प्रकिया शुक्रबार समय अभावको कारण भनिएको छ। कार्यालय परिसरमा साँझ परेर चिसो हावा चल्न थालेपछि क्यापिटलले लिलामीको सेयर खोल्न हिजो स्थगित गरेको थियो। जुन आज बिहान देखि फेरि सुचारु गरिएको छ। 

सामान्यतया एक चोटी लिलामीको प्रक्रिया सुरु भएपछि अन्तिमआवेदन नखोले सम्म नै जारी नै रहन्छ। तर क्यापिटलको फितलो व्यवस्थापनका कारण लिलामी बिचैमा रोकिन पुगेको छ। लिलाममा झन्डै ३० हजार जनाले आवेदन दिएपछि क्यापिटलले त्यसै अनुसारको तयारी गर्नु पर्थ्यो। अपुग तयारीका बिचमा प्रकिया अगाडी बढ्दा प्रक्रिया रोकिन पुगेको थियो।   

अपर तामाकोशीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँको १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्य सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको उक्त सेयर गत पुस १२ गतेदेखि पुस २९ गतेसम्म लिलामीमार्फत बिक्री खुला गरेको थियो ।



  

   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको