माउन्टेन ग्लोरी लिमिटेडकोे आइपिओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएको छ ।
बिगत ८ वर्ष देखि पोखराको दोभिल्लामा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गर्दै आएको श्री माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि एक सय रुपैयाँ अङ्कित दरको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्नका लागि लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी एल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको हो ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष सुनिल भक्त श्रेष्ठ तथा एलएस क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाले द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत लगानी रहेको उक्त रिसोर्टले रकम ४० करोड रुपैयाँ बराबरको शेयर निकट भविष्यमा निष्काशन गर्न लागेको हो ।
शेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटलसँग अनुबन्धन गरी पाँच तारे होटलकोे रुपमा सेवा विस्तार गर्ने योजना कम्पनीको रहेको छ । हाल जारी पूँजी रु.१ अर्व ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोबिल्लास्थित करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित विशेष सुविधा सम्पन्न रिसोर्टको रुपमा माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउँदै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस