रंगुन खोला हाइड्रोपावर लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारणसभाको मिति तय गरेको छ ।
कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ९ गते काठमाडौंको सुकेधारास्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
यसैगरी कम्पनीले सर्वसाधारणमा साधारण सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस