Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा रुचि देखाउँदै कृषि कम्पनी, श्रीनगर एग्रीटेकले पनि आइपिओ जारी गर्ने

अर्थ संसार

बुधबार, १७ माघ २०८०, १० : ३१ मा प्रकाशित

दोस्रो बजारमा रुचि देखाउँदै कृषि कम्पनी, श्रीनगर एग्रीटेकले पनि आइपिओ जारी गर्ने

श्रीनगर एग्रीटेक इन्डस्ट्रीज लिमिटेडले सार्वजनिक निष्कासनको एजेन्डासहित विशेष साधारणसभा डाकेको छ ।

माघ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन २ गते काठमाडौंको नक्सालस्थित कम्पनीकै कर्पोरेट कार्यालयमा बस्ने गरी विशेष साधारणसभा मिति तय गरेको हो । सभामा अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि लगायतका प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ । यसैगरी कम्पनीले सार्वजनिक निष्कासनका लागि पुँजी संरचना परिवर्तन गरि प्रिमियम वा अङ्कित मूल्यमा आइपिओ जारी गर्ने प्रस्ताव पनि सभामा पेश गरिने जनाइएको छ ।

 

आइपिओ निष्कासनका लागि कम्पनीले नबिल इन्भेस्टमेन्ट बैंकिङसँग सम्झौता गरिसकेको छ । कम्पनीले १३ लाख कित्ता आइपिओ जारी गर्न लागेको जनाएको छ । नेपाल स्टक एक्सचेञ्जमा यस अघि मुक्तिनाथ कृषि कम्पनीले सार्वजनिक निष्कासन गरि दोस्रो बजारको कारोबार थालिसकेको छ । उक्त कम्पनीको सेयर प्रतिकित्ता एक हजार रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको