फागुन १३ गतेदेखि सर्वसाधारणलाई निष्काशन खुला गरेको सर्वोत्तम सिमेन्टको आईपीओमा पहिलो दिनमै मागभन्दा ३.१२ गुणा धेरै आवेदन परेको छ ।
कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयरका लागि आवेदन माग गरेकोमा पहिलो ७ घन्टामै एक लाख ५६ हजार दुई सय ७ जनाले ८६ लाख ६० हजार ६ सय ४० कित्ता सेयरका लागि आवेदन माग गरेका छन् । कम्पनीले प्रति कित्ता ३६०.९ रुपैयाँमा न्यूनतम ५० कित्ताका लागि आवेदन माग गरेको हो ।
कम्पनीले योजना प्रभावित, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणलाई निष्काशन खुला गरेको हो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस