Like us!
Follow us!
Connect us!
Watch us!

जसपाको बटमलाइन मधेस प्रदेशको सरकार, बहुमत कायम गर्न भने मुस्किल

अर्थ संसार

बुधबार, २३ फागुन २०८०, १३ : ०९ मा प्रकाशित

जसपाको बटमलाइन मधेस प्रदेशको सरकार, बहुमत कायम गर्न भने मुस्किल

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशको सरकार बटमलाइन बनाउँदै त्यसको सुनिश्चितताको माग गरेको छ ।

पार्टीको कार्यकारिणी समितिको बैठकले केन्द्रमा सरकारको भाग भन्दा पहिले प्रदेशमा आफ्नो नेतृत्वको सरकारको बहुमत खोजेको हो । अहिले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको जसपालाई काङ्ग्रेसको साथ हुँदा सुविधायुक्त बहुमतको व्यवस्था रहेको छ । तर नयाँ गठबन्धनबाट बहुमत पुर्याउन मुस्किल पर्ने भएपछि जसपाले हालका लागि केन्द्र सरकारमा पनि सहभागी नहुने जनाएको छ ।

संघीय सरकारमा प्रभावशाली मन्त्रालय नपाउने तथा प्रदेशमा पनि नेतृत्व गुमाउने अवस्था विकास हुने देखेर जसपाले हाललाई काङ्ग्रेससँगको सम्बन्ध बिगार्न नचाहेको बुझिएको छ । यता काङ्ग्रेस पनि माओवादीसँगको गठबन्धनमा धोका भएको भन्दै नयाँ समीकरण निर्माण गर्न प्रयत्नशील रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको